Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंकको सञ्चालकको बाटो खुल्यो, उच्च अदालतद्वारा रिट खारेज

२०८२ असार २२ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित भएका छन्। बैंकको ६५औं वार्षिक साधारण सभाका सन्दर्भमा चैत ६ गते तोकिएको सञ्चालक निर्वाचन कार्यक्रमविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेपछि उनीहरूको निर्वाचनको बाटो खुलेको हो।

सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट ध्रुव भट्टराई सञ्चालक पदमा निर्वाचित भएका हुन्।
दुवै निर्वाचित सञ्चालकले २०८२ साल असार २१ गते नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बैंकले नयाँ सञ्चालकहरुको आगमनसँगै संस्थागत सुशासन र सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा व्यक्त गरेको छ ।