Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप संकलनमा आक्रामक बैंकहरु, एक सातामा ४७ अर्बको वृद्धि

२०८२ असार १२ गते

बैंकिङ खबर/ पछिल्लो समय वाणिज्य बैंकहरू कर्जा लगानीभन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। नेपाल बैंकर्स संघका अनुसार, बैंकहरूले पछिल्लो एक सातामा निक्षेप ४७ अर्ब रुपैयाँले वृद्धि गरेका छन् भने कर्जा लगानी १५ अर्ब रुपैयाँले मात्र बढाएका छन्।

बैंकहरूको निक्षेप असार पहिलो साताको ३९ खर्ब ९१ अर्ब रुपैयाँबाट बढेर तेस्रो सातामा ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा लगानी ३६ खर्ब ५३ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो।

संघका अनुसार समीक्षावधिमा बैंकहरूको पुँजी कर्जा निक्षेप अनुपात (CCD Ratio) ७८.२० प्रतिशत रहेको छ। मौद्रिक नीतिको सन्दर्भमा CCD अनुपात ९० प्रतिशत सीमाभित्र हुनुपर्ने प्रावधान छ।

विश्लेषकहरूका अनुसार कर्जाको तुलनामा निक्षेपमा देखिएको तीव्र वृद्धि अर्थतन्त्रमा तरलता वृद्धि र बैंकहरूको प्रतिस्पर्धी रणनीतिसँग सम्बन्धित छ।