Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

२०८२ असार ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन् । गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।