Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निर्देशित क्षेत्र कर्जा प्रवाहमा बैंकहरूलाई सहुलियत, समय सीमा घटाइयो

२०८२ असार ९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई निर्देशित क्षेत्रको कर्जा प्रवाहमा समय सीमा थप गरेको छ। केन्द्रीय बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा संशोधन गर्दै बैंकहरूलाई सहुलियत दिएको हो।

हालसम्मको व्यवस्थाअनुसार २०८२ असार मसान्तसम्म वाणिज्य बैंकहरूले कृषिमा १२ प्रतिशत, ०८४ असार मसान्तमा १३ प्रतिशत, ०८४ असार मसान्तमा १५ प्रतिशत पुर्याउनुपर्ने थियो। तर, अब वाणिज्य बैंकहरूले कृषिमा ११ प्रतिशत, ०८४ असार मसान्तमा १२ प्रतिशत, ०८४ असार मसान्तमा १४ प्रतिशत र ०८५ असार मसान्तमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ।

२०८४ असार मसान्तसम्ममा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (२ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) १५ प्रतिशत प्रवाहपर्नेमा यस्तो कर्जामा एक वर्ष थप गरी कर्जा परिमाण पनि कृषि कर्जाको जस्तै एक प्रतिशतले घटाइएको छ। विकास बैंक र वित्त कम्पनीका लागि तोकिएको क्षेत्रको कर्जा सीमा र समयसमेत परिवर्तन गरी ०८५ असार मसान्त गरिएको छ।