Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर पौडेलको लचिलो नीतिः चालुपुँजी कर्जा मार्गदर्शन १ वर्ष धकेलियो

२०८२ असार ९ गते

बैंकिङ खबर/ राष्ट्र बैंकले चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनको समयसीमा थप गर्दै १ वर्ष पछाडि सारेको छ। सोमबार जारी गरिएको परिपत्रमार्फत् केन्द्रीय बैंकले व्यवसायी र बैंकरहरूले उठाउँदै आएका मागलाई सम्बोधन गर्दै यो निर्णय सार्वजनिक गरेको हो।

हालको प्रावधानअनुसार व्यवसायहरूले वार्षिक कारोबारको २५ प्रतिशतसम्म चालुपुँजी कर्जा लिन पाउने व्यवस्था छ। यदि यस सीमा नाघेको छ भने व्यवसायीहरूलाई २०८२ असार मसान्तसम्म सो सीमा भित्र समायोजन गर्न भनिएको थियो। गभर्नर डा. विश्वनाथ पौडेलले उक्त समयसीमा अब २०८३ असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेका छन्। त्यस्तै, मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गर्दै कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८३ साउन १ गतेबाट लागू हुने गरी परिमार्जन गरिएको छ।