Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तर-बैंक कारोबार घट्योः यस्ता छन् कारण

२०८२ असार ८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा अन्तर–बैंक कारोबारमा देखिएको गिरावटले नेपाली बैंकिङ प्रणालीमा केही चुनौतीपूर्ण संकेतहरू देखाएको छ।

राष्ट्र बैंकका अनुसार वैशाखसम्म वाणिज्य बैंकहरूले १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ३४ खर्ब ७७ अर्ब ४ करोडको तुलनामा निकै कम हो। अन्य वित्तीय संस्थाहरूको कारोबार पनि अघिल्लो वर्षको तुलनामा घटेर १४ खर्ब ९ अर्ब ६८ करोडमा झरेको छ।

कुल कारोबार ३८ खर्ब २१ अर्ब ९ करोडबाट घटेर १६ खर्ब २० अर्ब ५४ करोडमा आउनु स्वयंमा बैंकहरूबीचको परस्पर निर्भरता घट्दै गएको संकेत हो। यस्तो अवस्थामा निम्न कारणहरू महत्वपूर्ण हुन सक्छन्ः

-बैंकहरूसँग प्रचुर तरलता रहेको कारण आपसी ऋणको आवश्यकतामा कमी

-कर्जाको मागमा कमी, जसले बैंकहरूलाई फण्ड व्यवस्थापनको लागि आपसी सहयोग आवश्यक नपर्ने बनाएको छ ।

-मौद्रिक नीतिको प्रभाव, जसले ब्याज दर र कर्जा प्रवाहमा अवरोध सिर्जना गरिरहेको छ ।

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली के हो ? 
क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैंक लगायत कमर्सियल बैंक, विकास बैंक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ ।
बैंक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ । 

यसैअन्तर्गत, पछिल्लो दिनहरुमा नेपाल क्लियरिङ हाउसले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसम्बन्धि सम्झौता गरिरहेको छ ।

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा कम्पनीले NCHL-IPS प्रणालीका लागि ५८ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यका रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यका रुपमा सम्झौता गरिसकेको छ । नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ६२ पुगेको छ । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । 

साथै, कम्पनिले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६६२ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । बिना चेक बैँकिङ कारोबार तथा बील भुक्तानीका लागि कम्पनिले यो सेवा प्रदान गरेको हो । यस प्रणालीमा सिधै कागजको चेक प्रयोग नगरेर चेकको फोटो एक वित्तिय संस्थाबाट अर्को वित्तिय संस्थामा ट्रान्सफर गरिन्छ । यस प्रणालीले पुरानो बैँकिङ कारोबारलाई विस्तारै प्रतिस्थापन गरिरहेको छ भने उपभोक्ता र बैँक दुबैको समयको पनि बचत भइरहेको छ ।  

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

उक्त प्रणाली मामार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।