Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

७० खर्ब नाघ्यो बैंकहरुको निक्षेप : सीडी रेसियो ७८.४० प्रतिशत

२०८२ असार ४ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा निक्षेप निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो।

सबैभन्दा ठूलो हिस्सेदार वाणिज्य बैंकले मात्र सो दिन ४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन्। त्यसपछि वाणिज्य बैंकहरुको कुल निक्षेप ६२ खर्ब ६२ अर्ब रुपैयाँमा पुगेको छ।

यससँगै, कर्जा लगानीमा समेत वृद्धि देखिएको छ। असार १ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४ अर्ब रुपैयाँले वृद्धि भएर ५५ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ। वाणिज्य बैंकहरुको मात्रै कर्जा लगानी ४९ खर्ब ४९ अर्ब रुपैयाँमा पुगेको छ। बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ भने औसत क्रेडिट–डिपोजिट (सीडी) रेसियो ७८.४० प्रतिशतमा सीमित छ।