
बैंकिङ खबर/चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६ वर्षीय आयुष शाहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार कमलादीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच चेक अनादर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा, चन्द्रलालपुर २ घर भइ जिल्ला काठमाडौंकाे बागबजार बस्ने ५८ वर्षीय रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् । ७ लाख ८४ हजार बिगो रकम भएको चेक अनादर मुद्दामा २०८० असोज १५ गते जिल्ला अदालत, काठमाडौंले उनलाई १ वर्षको कैद सजाय गरेको थियोे । उनले ७ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए ।


