
बैंकिङ खबर/असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३७ प्रतिशत कायम गरिएको छ ।
असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।
असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । एभरेष्ट, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, सानिमा र एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएका हुन् । यी बैंकहरूले ६ प्रतिशतमाथि ब्याजदर कायम गरेका छन् ।
बैंकको नाम बचत व्यक्तिगत मुद्दती एक वर्षे (व्यक्तिगत) संस्थागत मुद्दती एक वर्षे (संस्थागत)
कृषि विकास बैंक ३.००-४.७६ ३.००-५.४५ ३.५० ३.००-४.४५ ३.००
सिटिजन्स बैंक ३.००-४.०० ४.६०-५.६५ ५,०० ३.००-४.०० ३.००
एभरेष्ट बैंक ३,००-३.०५ ४.००-६.५५ ४.२५ ३.००-५.५५ ३.२५
ग्लोबल आइएमई बैंक ३.००-३.५० ४.००-६.०० ५,०० ३.००-४.२५ ३.२५
हिमालयन बैंक ३.०४-४.६० ५.००-५.५० ५.०० ३.२५-४.०० ३.२५
कुमारी बैंक ३.०१-५.५१ ३.९१-५.५१ ४.६१ ३.०१-४.५१ ३.०२
लक्ष्मी सनराइज बैंक ३.००-५.०० ४.००-५.७५ ५.०० ३.००-४.५० ३.२५
माछापुच्छ्रे बैंक ३.००-६.०० ३.५०-६.०० ५,०० ३.००-४.०० ३.००
नेपाल बैंक ३.००-५,०० ४.००-५.४५ ४.५० ३.००-४.०० ३.००
एनएमबि बैंक ३.००-४.५० ३.००-६.०० 3.00 ३.००-४.०० 3.00
प्राइम कमर्सियल बैंक ३.०१-४.९६ ५.००-६.२५ ५.७५ ३.००-३.३५ ३.२५
प्रभु बैंक ३.००-५,०० ५.१०-६.१० ५.१० ३.००-५,०० ३.००
राष्ट्रिय वाणिज्य बैंक ३.००-४.५० ४.००-६.०० ५,०० ३.००-४.०० ३.००
सानिमा बैंक ३.०३-४.०३ ३.३०-६.३३ ४.६० ३.००-४.५० 3.00
नेपाल एसबिआई बैंक ३.००-३.१० ३.२५-५.५० ४.१० ३.००-४,५० ३.१०
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३,००-४.०५ ३.१५-६.२५ ४.१५ ३.००
नबिल बैंक ३,००-५,०० ५,००-५.७५ ५,०० ३.००-४.०५ ३,००
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३,००-४,०० ३.७५-५.५० ४.५० ३,००-४,०० 3.00
एनआईसी एसिया बैंक ३.१०-५.१० ३.५०-६.५५ ५.५० ३.०५-५.५५ ३.५१
सिद्धार्थ बैंक ३.०३-४.१५ ४.४०-५.७५ ५.२५ ३.००-४.७५ ३.००




