Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुधारोन्मुख अर्थतन्त्रका यस्ता छन् ८ सूचक

२०८२ जेष्ठ २७ गते

बैंकिङ खबर/ देशको समग्र अर्थतन्त्रले गति लिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रायः सूचकहरू अघिल्लो सरकारको बेलाको भन्दा सकारात्मक रहेका छन् ।

यस वर्ष मुल्यवृद्धि दर समग्रमा घटेको छ भने विदेशी मुद्रा सञ्चितिदेखि देशको मौज्दात समेत बढेको छ । राष्ट्र बैंकका अनुसार उपभोग्य बस्तुको मूल्य वृद्धिदर २ दशमलब ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही समयमा मुल्य वृद्धिदर ४ दशमलब ४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

-सरकारको खातामा ३ खर्ब ६० अर्ब रुपैया मौज्दात

-शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रुपैया बचा

-रेमिट्यान्स १३.२ प्रतिशत बृद्धि, अघिल्लो वर्षभन्दा बढी

-विदेशी मुद्रा विनिमयको सञ्चिती १८ अर्ब ४० करोड

-आयात १३ प्रतिशत, निर्यात ७३ प्रतिशतले बृद्धि

-राजश्व परिचालन ९२२ अर्ब ४३ करोड

-रेमिट्यान्स एक महिनामै १ खर्ब ६५ अर्बको रेकर्ड

-मूल्य वृद्धिदर २ दशमलब ७७ प्रतिशत

शहरमा भन्दा गाउँमा महँगी बढेको तथ्यांकले देखाएको छ । सरकारको खातामा ३ खर्ब ६० अर्ब रूपैया मौज्दात वैशाख महिनामा कायम रहेको छ भने सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रूपैया बचत छ ।

त्यस्तै समग्र आयात १३ प्रतिशत, निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स एक महिनामै १ खर्ब ६५ अर्बको रेकर्ड कायम गर्दै समग्रमा रेमिट्यान्स १३.२ प्रतिशत वृद्धि भएको देखिन्छ । त्यस्तै विदेशी मुद्रा विनिमयको सञ्चिति १८ अर्ब ४० करोड कायम रहेको छ । राजश्व परिचालन ९२२ अर्ब ४३ करोड रहँदा मुद्रास्फिति २.७७ प्रतिशत कायम छ ।