Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंकः माग्यो राय सुझाव

२०८२ जेष्ठ २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय –सुझाव माग गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव भए पठाउन अनुरोध गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति ल्याउने प्रावधान छ । यस वर्षको मौद्रिक नीतीमा समावेश गर्नुपर्ने तथा संशोधन गर्नुपर्ने लगायतका आर्थिक उन्नतिका राय सुझाव भए केन्द्रिय बैंंकको इमेल मार्फत पठाउन अनुरोध गरेको छ ।