२०८२ जेष्ठ २३ गते

धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक निष्कर्षविहीन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। अध्यक्ष सन्तोषनारायण श्रेष्ठको आह्वानमा बिहीबार साँझ बसेको समितिको बैठक निर्णय नगरी सकिएको हो।

बैठकको एजेन्डा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने सम्बन्धमा मात्र थियो। तर बिहीबार साँझको बैठक पनि यसअघिका दुई बैठकजस्तै निर्णयमा पुग्न नसकेको हो।

श्रेष्ठको संयोजकत्वमा रहेको बोर्डको ७ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल,आइक्यानका उपाध्यक्ष नीलबहादुर सारुमगर, उद्योग वाणिज्य महासंघबाट गोकर्ण अवस्थी र विज्ञ भोलानाथ ढुंगाना सदस्य छन्।