Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्णाली डेभलपमेन्ट बैंकमा २५० करोड हिनामिना, पक्राउ परे पूर्वअध्यक्ष एवं सीईओ

admin २०८२ जेष्ठ १८ गते
सेयर:

बैंकिङ खबर/कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो।

बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरिएको प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

सल्यान घर भई बाँके बस्दै आएका उनी रकम हिनामिना आरोप लागेपछि फरार थिए । उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।