२०८२ जेष्ठ १६ गते

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

बैंकिङ खबर/ नेपाली नागरिकले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भने- ‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्था गरिनेछ ।’