Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा

२०८२ जेष्ठ १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधनका आधारमा नयाँ सर्कुलर जारी गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा राख्नुपर्नेछ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा बैंकमा राख्नुपर्ने व्यवस्था थियो । यसका साथै राष्ट्र बैंकले सबै खालका सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशत कायम गरिएको छ ।