Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक वृद्धि ०.९४ प्रतिशतले बढ्ने राष्ट्र बैंकको अनुमान

२०८२ जेष्ठ १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान गरेकाे हाे ।

अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो। अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालु आर्थिक वर्षमा उक्त उप–क्षेत्रहरुको वृद्धि धनात्मक रहने भएकाले आर्थिक वृद्धिमा सुधार आउने अनुमान गरिएको हो ।

पर्यटक आगमनमा सुधार भएको छ । थोक तथा खुद्रा व्यापारमा विस्तार आएको छ । चालु आर्थिक वर्षको नौमहिनामा मध्यवर्ती उपभोगका सामानको आयात १७.८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशले घटेको थियो । यसबाट समेत आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार हुँदै गएको राष्ट्र बैंकले उल्लेख गरको छ । चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ ।