Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जाको जोखिम भार घट्यो, अब १०० प्रतिशतमात्रै

२०८२ जेष्ठ ११ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितोकर्जाको जोखिम भार घटाएको हो। हालसम्म १ सय २५ रहेको सेयर धितो कर्जाको जोखिम भार राष्ट्र बैंकले १ सय प्रतिशत कायम गरेको हो। राष्ट्र बैंकले २०८० मंसिरमा ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरेको थियो। सो अघि अर्थात् गरिएको छ । यसअघिसम्म सबै प्रकारको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँभन्दा तलको सेयर धितो कर्जाको जोखिम भार भने १ सय प्रतिशत गरिएको छ।