Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

२०८२ जेष्ठ ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका हुन्।

शपथ सकेर उनी अर्थ मन्त्रालय जाँदै छन्। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार त्यहाँ उनी केही बेर बैठकमा सहभागी हुने कार्यक्रम छ।

त्यसपछि उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्नेछन्। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।