२०८२ जेष्ठ ६ गते

यी १४ कम्पनी आईपीओको पाइपलाइनबाट हटाइयो

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीलाई हटाएको छ । लामो समयदेखि आईपीओ निष्काशनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई सेबोनले पाइपलाइनको सूचीबाट हटाएको हो ।

यी कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल, पुवा खोला वान हाइड्रोपावर, एकोर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन, प्रभु हेटिकप्टर र सानिमा हाइड्रोपावर हुन् ।

सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो । सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो ।

यस्तै धितोपत्र बोर्डले प्रक्रियाबाट हटाएका १४ वटामध्ये सानिमा हाइड्रोपावरको विद्युत प्राधिकरणसँग गरिएको विद्युत खरिद सम्झौता (पिपिए) को सम्झौता अवधि सकिन लागेकोले आवेदन तत्काललाई रद्द गराएको बुझिएको छ ।

सानिमा हाइड्रोपावरको विद्युत् उत्पादनको बाँकी अनुमति अवधि १२ वर्ष रहेको र पिपिएको अवधि पाँच वर्षभन्दा कम भएपछि तत्काललाई प्रक्रियाबाट हटाइएको हो ।