Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ३ प्रतिशत

२०८२ बैशाख २८ गते

बैंकिङ खबर/चालु आर्थिक बर्षको चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ ।

चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरुको ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको थियो ।

२०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८१ चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरुको ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत, विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो ।