Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

२०८२ बैशाख १४ गते

बैंकिङ खबर/अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ– ’अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’

बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख छ ।