Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर नियुक्तिको विषयमा परेको रिट चौथो पटक पनि हेर्न नभ्याइनेमा

२०८२ बैशाख १० गते

बैंकिङ खबर/गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुगेको तथा गभर्नर हुन उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।

यससँगै गभर्नर नियुक्तिसम्बन्धी रिट र उक्त रिटमाथि परेको पूरक निवेदन लगातार ४ दिनसम्म हेर्न नभ्याइनेमा परेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका थिए ।

यसअघि दुवै जनाले ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्ने गरी संशोधित अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर गरेका थिए ।