Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

देउवा स्वदेश फर्किएपछि गर्भनर नियुक्त गर्छौः प्रवक्ता गुरुङ

२०८२ बैशाख १० गते

बैंकिङ खबर/सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश फर्किएपछि अघि बढाउने जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्। उनले गभर्नर नियुक्तिबारे सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै देउवा स्वदेश फर्किएपछि प्रक्रिया टुंग्याइने स्पष्ट पारे।

कांग्रेस सभापति देउवा परिवार सहित गत आइतबार एक साताका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन्। उनी आगामी केही दिनमै स्वदेश फर्किने बताइएको छ।