Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३५ प्रतिशत बोनस सेयर जारी गर्न लुम्बिनी फाइनान्सले पायो अनुमति

२०७३ पुष ३ गते
सेयर:

lumbini-financeलुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३५ प्रतिशत बोनस सेयर र १.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको जनाएको छ । उक्त बोनस कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

हाल लुम्बिनी फाइनान्सको चुक्तापुँजी ४१ करोड दुई लाख ५० हजार रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि कम्पनीको पुँजी ५५ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । लुम्बिनीले आगामी असार मसान्तसम्मका ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।