Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर मार्केट तालिमका नाममा पनि अनलाइन ठगी, प्रहरीले भन्यो– सचेत रहनू

२०८१ चैत्र २८ गते

बैंकिङ खबर/सेयर मार्केटको तालिम दिने बहानामा फिसिङ हुने गरेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले अनलाइनमार्फत सेयरमार्केट तालिम दिने भन्दै फिसिङ लिंक पठाएर ठगी हुने गरेको भन्दै सचेत गराएको हो।

ब्युरोले सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयरमार्केट तालिम लिन सकिने र सोको लागि उपलब्ध गराइएको लिंकमा कुनै फिसिङ सफ्ट्वेयर इन्स्टल गर्ने भन्दै ठगी भइरहेको पाइएको जनाएको छ।

योबाहेक बैंकिङ वालेट प्रयोगकर्ताहरुलाई तपाईंको खातामा असामान्य गतिविधि देखिएको भन्दै एसएमएस गरेर लिंकमा जान लगाउने क्रम बढेको छ। यसरी लिंकभित्र गएपछि उक्त व्यक्तिको बैंकिङ खातासम्मै पहुँच पुर्याउने हुनाले कुनै पनि प्रकारका असम्बन्धित लिंक नखोल्न पनि आग्रह गरिएको छ।