Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पियोर इनर्जीले सर्वसाधारणलाई चैत २८ गतेदेखि आईपीओ जारी गर्ने

२०८१ चैत्र १८ गते

बैंकिङ खबर/पियोर इनर्जी लिमिटेडले चैत २८ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको जनाइएको छ। कम्पनीको शेयर वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री खुलाइसकेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।