
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा दुई जना सदस्य चयन गरिएको छ। गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकतवमा सिफारिस समिति गठन गरेको थियो। सोही समितिमा विजनाथ भट्टराई र डा.विश्व पौडेललाई सदस्यमा चयन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञका रुपमा परिचित छन्। भट्टराई र पौडेल दुवै कांग्रेसनिकट मानिन्छन्। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत २५ गतेबाट सकिँदैछ।


