Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दैनिक ५ हजार कारोबार गर्ने व्यक्तिले मर्चेन्ट क्यूआर कोड पाउने

२०८१ फाल्गुन २१ गते

बैंकिङ खबर/ व्यक्तिले मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले समेत क्यूआर कोड उपलब्ध गराइने व्यवस्था गरेको हो ।

‘स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्ट क्यूआर कोड उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ ।

यसअघि अनुमतिपत्रप्राप्त संस्थाहरूले स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको थियो । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति/खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यूआर उपलब्ध गराउन सकिने व्यवस्था थियो ।