Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

३० प्रतिशत बोनस सेयर पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारणसभा

admin २०७३ मंसिर २८ गते
सेयर:

siddhartha-insuranceसिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते १५ औँ वार्षिक साधारणसभा डोकेको छ । कर प्रयोजनका लागि कम्पनीले १.५७८ प्रतिशत नगद लाभांश समेत दिनेछ । 

साथमा बोनस सेयर जारी गरेपछि कायम चुक्तापुँजीबाट कम्पनीले १९.२३० प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ । कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजी आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँको १९.२३ प्रतिशतले हुन आउने ७९ लाख ५७ हजार चार सय १३ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो सम्बन्धि आवश्यक निर्णय गर्न कम्पनीको १५ औँ साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । हकप्रद वितरण गर्ने निर्णय बैंकको १४ औँ साधारणसभाले गरेको थियो । हकप्रद वितरण गरेपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी नौ करोड ४१ लाख रुपैयाँ नाघ्नेछ । 

पर्ल ए हल ट्रेड टार्वस्मा हुन लागेको साधारणमसभा प्रयोजनका लागि पुस ८ गतेदेखि २२ गतेसम्म सेयरधनीले पुस्तिका बन्द रहेको कम्पनीले जानकारी गराएको छ । साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस ८ गतेदेखि २२ गतेसम्म बन्द रहने भएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।