
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १९ बुँदे नयाँ निर्देशन जारी गरेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन जारी गरिएको हो।
निर्देशिकामा भनिएको छ, ‘कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरिएको हुँदा सोहीअनुसार गर्नु-गराउनु हुन यो निर्देशन जारी गरिएको छ।’
यस्तै, उच्च पदस्थ व्यक्तिको पहिचान गर्नुपर्ने छ भने उनीहरूको वर्गीकरणसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै ग्राहकको खातामा नेपाली क्यालेन्डरअनुसारको एक महिनामा १० लाख वा सोभन्दा बढी रकमको जम्मा वा कारोबार भएमा कारोबार भएको मितिले १५ दिनभित्र गोएमएलमार्फत वित्तीय जानकारी इकाईमा सीमा कारोबार विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।


