
बैंकिङ खबर/ वरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले समयमै नियमन नहुँदा सहकारीमा समस्या देखिएको बताएका छन् ।
मिडिया इन्टरनेशनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘यदी हामीले नियमनको व्यवस्था पहिले नै गरेको भए यस प्रकारको समस्या भोग्नु पर्दैन्थ्यो । अहिले साना तथा मझौला उद्योग बन्द हुनुमा सहकारीमा आएको समस्या एक कारण हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउनेले ऋण तथा बचत सहकारी संस्थाबाट पाइ राखेका थिए । लाखौं लाखले रोजगारी पाइ राखेका थिए । सानोतिनो व्यवसायी गरिराखेका थिए । बैंकले नपत्याएकाहरुले त्यहाँ पाइ राखेका थिए । अनौपचारिक क्षेत्रबाट सस्तोमा पाइ राखेका थिए । अर्थतन्त्र चलायमान थियो । युवाहरु रोकिएका थिए ।’
उनले थपे, ‘जब बचत सहकारीमा समस्या देखियो । उद्यमीहरु समेत विदेश पलायन हुन पुगे । सिस्टमले काम नगर्दा यस प्रकारको हविगत हुन्छ भन्ने उदाहरण लिन सक्छौं ।’


