Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा २५ करोड लगानी गर्दै

२०८१ माघ २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको हो।

बैंकले २०८१ फागुन ६ देखि २०८२ फागुन ६ गतेसम्मका लागि कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ लगानी गर्न लागेको हो।

यसका लागि बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा २० करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएका कम्तीमा २ वर्षको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने तथा निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने उल्लेख गरेको छ।