Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंक आगलागीः ऋणसँग सम्बन्धित कागज र पैसा सुरक्षित

२०८१ माघ ६ गते

बैंकिङ खबर/ सिन्धु विकास बैंक सिन्धुपाल्चोकमा रहेको लामेसाँघु शाखामा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन भने ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको पैसा पनि सुरक्षित रहेको छ । बैंकको शाखामा बिजुली सर्ट भइ आगलागी भएको हो ।

बैंकको शाखाको फल्स सिलिङ, स्टोरका सामान, रिसेप्सन एरियामा रहेका फर्निचर लगायतमा क्षति पुगेको छ । प्रहरीका अनुसार स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।