नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुखमा नारायण पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले विभागीय प्रमुखहरु हेरफेर गर्दै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई नियमन विभागमा सारेको हो ।
बैंक सुपरिवेक्षण विभागको प्रमुखमा भने राष्ट्र बैंकले महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, शिवनाथ पाण्डेलाई जनशक्ति विभागमा सारिएको छ । पाण्डे अबको केही दिनमा नै राष्ट्र बैंकबाट अवकाश हुँदैछन् ।
यता, वासुदेव अधिकारी आन्तरिक लेखा विभागमा पुगेका छन् । विदेशी विनिमय विभागमा निर्देशक रहेका अधिकारीलाई कामु कार्यकारी बनाउँदै आन्तरिक लेखा विभागको नेतृत्व दिइएको हो ।