Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकमा सेयर छ ? आउँदैछ १३.२५ बोनस र ६५ प्रतिशत हकप्रद सेयर

२०७३ मंसिर २० गते
सेयर:

mega bankमेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । बैंकले ०.७० प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । सोही बैठकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

हाल मेगा बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । केही समय अघि विक्री गरेको २५ प्रतिशत हकप्रद जोड्दा बैंकको पुँजी चार अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।