Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रस्तावित लाभांश पारित गर्न छिमेक लघुवित्तले डाक्यो साधारणसभा 

२०७३ मंसिर १९ गते
सेयर:

chhimekछिमेक लघुवित्त विकास बैंकको १५ औँ वाािर्षक साधारणसभा पुस १३ गते बस्ने भएको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको १८६ औँ बैठकले उक्त निर्णय गरेको हो । 

उक्त साधारणसभाले हाल कायम चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश वितराण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले २३ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र सात करोड ५६ लाख ५९ हजार नौ सय ४५ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । 

हाल छिमेक लघुवित्तको चुक्तापुँजी ५९ करोड ५७ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी झन्डै ८४ करोड रुपैयाँ पुग्नेछ । 

पूँजी संरचना परिर्वतन गरी संस्थापक समूहको ५१ तथा साधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि साधारसभामा लगिने भएको छ ।