Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी लगानीका बैंकमा बेथिति बढ्योः गभर्नर अधिकारी

२०८१ कार्तिक ३० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी लगानीका बैंकमा बेथिति बढेको बताएका छन्। नेपाल बैंकको ८८औं वार्षिक उत्सवको अवसरमा गभर्नर अधिकारीले गल्ती गर्नेलाई सरकारी स्वामित्व भन्दैमा अब सरकार र नियामकले छुट दिँदै ‘रेस्क्यु’ नगर्ने बताएका हुन्।

उनले भने,‘यो बैंक धेरै दुःख गरेर यो रिकभर भएको बैंक हो, कुनै समय ६० प्रतिशतसम्म एनपिएल थियो। त्यसमा राज्यले नियामकले ठुलो लगानी गरेर, बाह्य ऋण समेत लिएर यसलाई रिकभर गरेको हो। त्यसपछि बैंकले जे जस्तो नीति निर्देशन बनायो र त्यसलाई कार्यान्यवन गराउन जुन प्रकारको नयाँ म्यानपावर त्यसले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई वास्तवमै नयाँ रुप दिएको हो ।’

‘यी बैंकहरुमा हिजोको सबै मिसम्यानेजमेन्ट हटेर पूर्ण रुपमा बैंक नयाँ तबरमा स्थापित भएको हो। पूनः मिसम्यानेजमेन्ट हुँदैछ भन्ने कुरा हामीले सुन्न नपरोस्। यो बोर्ड र सिनियर म्यानेजमेन्ट दुवैलाई अनुरोध हो। भोलीको दिनमा यो कुरा मास्तिर नआवोस् राष्ट्र बैंकले हस्तक्षेप गर्नु नपरोस्।’

नेपाल राष्ट्र बैंक नियामक भएको नाताले सबै बैंकहरुलाई एउटै घेरा भित्र राखेर नियमन तथा सुपरीवेक्षण गर्ने गभर्नर अधिकारीले बताए। सरकारी होस् या निजी लगानीका बैंक सबैले राष्ट्र बैंकको नीति निर्देशन पालना गरेर प्रतिस्पर्धात्मक रुपले बैंकिङ सेवाहरु प्रवाह गर्नु पर्ने नीति राष्ट्र बैंकले लिएको छ। बैंकले आफ्नो कर्मचारीलाई सन्तुष्ट राख्न सबैमात्रै उद्देश्य पुरा गर्न सक्ने र कर्मचारीहरुसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी हुने अधिकारीको भनाइ छ।