Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१०१ गभर्नरहरूको रिपोर्टः महाप्रसादले पाए ‘सी प्लस’

२०८१ कार्तिक १२ गते

बैंकिङ खबर/अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि १०१ देशहरूको रिपोर्ट कार्ड सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार तीन देशका गभर्नरले समान ‘ए प्लस’ ग्रेड पाएका छन्।

जसमा डेनमार्क केन्द्रीय बैंक गभर्नर क्रिष्टियान केटेल थोमसन, भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विजरल्याण्ड केन्द्रीय बैंक गभर्नर थोमस जोर्डन छन्।

दुई देश म्यानमार र भेनेजुएलाका गभर्नरले भने सबैभन्दा खराब ग्रेड एफ प्राप्त गरेका छन्। नेपालका गभर्नरले भने ‘सी प्लस’ प्राप्त गरेका छन्। ग्लोबल फाइनान्स म्यागेजिनका अनुसार उनीहरूले प्रदान गर्ने ग्रेड मुद्रा स्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलता हासिल गर्नेहरूलाई ‘ए प्लस’ देखि ‘एफ’सम्मको ग्रेड प्रदान गर्ने गरिन्छ।