Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भदौसम्म १.८५ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन क्षेत्रमा कति ?

२०८१ कार्तिक ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने साढे १८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने १ खर्ब ८५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ। भदौसम्म सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट कुल १ लाख १९ हजार ४४७ ऋणीका लागि उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ स्वीकृत भएको छ। यो शीर्षकमा ४५ हजार ७४७ ऋणीका लागि १ खर्ब ९ अर्ब ४० करोड १४ लाख रुपैयाँ स्वीकृत भएको छ। जसमा बिनाधितो १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ र धितोमा १ खर्ब ७ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

यसैगरी दोस्रो सर्वाधिक धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फको स्वीकृत भएको छ। यो क्षेत्रमा ७१ हजार ७२८ ऋणीका लागि ७३ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। कपडा उद्योग सञ्चालनतर्फ १०१ ऋणीका लागि १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।