Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरूको खराब कर्जा १८ प्रतिशतले बढ्यो, कुनको कति ?

२०८१ कार्तिक ८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब १८.५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३.५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औषतमा करिब ४.०५ प्रतिशत पुगेको छ ।

बैंकहरुको खराब कर्जा औसतमा ३.३९ प्रतिशत रहेको छ ।बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासमा बैंकहरुको रिर्पोटले खराब कर्जा थप बढेको देखाइएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा औसतमा ३.३९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्षकै चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुको खराब कर्जा बढेर ३.५३ प्रतिशत पुगेको थियो। अहिले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.७१ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा पनि माथि पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.८४ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत पुगेको छ।

त्यस्तै, हिमालयन बैंकको पनि खराब कर्जा ४.९८ प्रतिशत छ भने कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत रहेको बैंकहरुको रिर्पोटले देखाएको छ।

यता एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७७ प्रतिशत छ भने माछापुच्छ्रे बैंकको १.१३ प्रतिशत, सानिमा बैंकको १.३८ प्रतिशत र नबिल बैंकको १.४२ प्रतिशत छ।