Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक

२०८१ कार्तिक १ गते

बैंकिङ खबर/  वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकहरुले ब्याजदर घटाएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ । अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन् ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । यो खातामा एभरेस्ट र एनआईशी एसिया बैंकले सबैभन्दा कम ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.७५ प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ । यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले ३ प्रतिशत ब्याज तोकेको छ ।

बैंक  कात्तिककोलागिब्याजदर (प्रतिशतमा) असोजको लागिब्याजदर (प्रतिशतमा)
एनएमबी ६.५ ६.५
एनआइसी एसिया ६.९९ ७.१८
सिटिजन्स बैंक ६.१५
हिमालयन बैंक ६.२५
माछापुच्छ्रे बैंक ६.५ ६.५
नबिल बैंक ६.२५ ६.७५
सिद्धार्थ बैंक ६.५
प्राइम कमर्सियल ७.२५
सानिमा बैंक ६.१५ ५.९
कुमारी बैंक ६.०१ ६.०१
प्रभु बैंक ६.१ ६.१
लक्ष्मी सनराइज बैंक ६.५
ग्लोबल आइएमई बैंक ६.२५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.५
एभरेष्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक  ६.५ ६.५
नेपाल बैंक ५.९५ ५.९५
राष्ट्रिय वाणिज्यबैंक ५.८
नेपाल एसबिआई बैंक
कृषि विकासबैंक ५.७५६ ६.०७
औसत ६.१४ ६.४