Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्राहकलाई राष्ट्र बैंकको छुट : अब दशैं र तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

२०८१ आश्विन २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले दशैं र तिहारको अवसरमा भुक्तानी प्रदायक संस्था डिजिटल वालेटको सीमालाई बढाएको छ। दशैं र तिहारमा कारोबारलाई सहज बनाउन राष्ट्र बैंकले डिजिटल वालेटमा लगाएको सीमा बढाएको हो।

बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई परिपत्र गर्दै सर्वसाधारणले दैनिक ३० पटकसम्म वालेटबाट करोबार गर्न सक्ने व्यवस्था गरेको छ। हाल कायम रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्नसक्ने व्यवस्था थियो।

दशैं र तिहारमा हुने डिजिटल कारोबारलाई मध्यनजर गर्दै बैंकले अब ३० पटकसम्म रकम जम्मा तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको हो। बैंकले असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ देखि कात्तिक २२ गतेसम्मका लागि सीमा बढाएको हो।

सो दिनभन्दा बाहेकका दिनमा भने बैंकको पुरानै व्यवस्था लागू हुने जनाइएको छ। यो अवधिबाहेकको समयमा प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा दैनिक १० पटकसम्म रकम जम्म वा भुक्तानी गर्न सक्नेछन्।