
बैंकिङ खबर/डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदका लागि ३० जना कर्मचारी माग गरेको छ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कात्तिक ५ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा उक्त सङ्ख्या बराबरको आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसइई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् ।




