शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत नयाँ सेयर (एफपिओ) जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १५३ औँ बैठकले ६० प्रतिशत बोनस सेयर बितरण गरेर फेरि १० प्रतिशत एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । सोही बैठकले प्रस्तावित एफपिओ पारित गर्न पुस ८ गते साधारणसभा बस्ने निर्णय समेत गरेको छ । एफपिओ जारी गरेर साधारण र संस्थापक सेयरको अनुपात ४०ः६० बनाउन लागेको कम्पनीले जनाएको छ ।
ट्यागहरू:
