Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक महिनामा वाणिज्य बैंकहरुको नाफा ९ अर्ब, कुनको कति ?

२०८१ भाद्र ३१ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नौ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले उक्त रकम नाफा आर्जन गरेका हुन् ।

सार्वजनिक तथ्यांक अनुसार ग्लोबल आइएमई बैंक साउन महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बन्न सफल भएको छ । बैंकले साउन महिनामा ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । दोस्रो नम्बरमा रहेको नबिल बैंक रहेको छ । नबिल बैंकले साउनमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा बढी गर्ने बैंकको तेस्रो नम्बरमा छ । कृषि विकास बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।