Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२०८१ भाद्र २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले बुधबार एक प्रकाशित सूचना अनुसार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

बैंकले सो कार्यको लागि बैंक तथा वित्तीय संस्थाले बुधबार अर्थात आज अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ । यस अघि बोलकबोलमार्फत खिचेको १ खर्ब २१ अर्ब रुपैयाँ परिपक्क हुन बाँकी रहेको छ ।