Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असोज १३ देखि दशैं लक्षित ‘सुकिला’ नोट साटिने

२०८१ भाद्र २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। यस पटकको दशैंमा सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी राष्ट्र बैंकले सटही सुविधा खुलाउन लागेको हो।

राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिँदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दसैंमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।