Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस वर्षको दशैंमा नयाँ नोट नसाटिने, राष्ट्र बैंकले सुकिला नोटले काम चलाउने

२०८१ भाद्र १८ गते

बैंकिङ खबर/ यस वर्षको दशैंमा नयाँ प्रयोग गर्न नपाइने भएको छ। हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो।

राष्ट्र बैंकले विगतका वर्षमा दसैंमा नयाँ नोट वितरण गर्न ३-४ महिनाअगावै छपाइ गरेर भण्डार गर्ने गरेको थियो। तर, यस पटकको दशैं लक्षित नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

दशैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइनेछ । राष्ट्र बैंकले यस पटकदेखि दशैंमा नयाँ नोट सटही चलन बन्द गरेसँगै आगामी वर्षमा समेत यसले निरन्तरता पाउन सक्ने बताइएको छ ।

विगतमा राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय र प्रतिबैंक ६ करोड १० लाख रुपैयाँ ५, १०, २०, ५० र सय रुपैयाँका नोट सटही सुविधा दिन्थ्यो। साथै, नयाँ नोटसँगै राष्ट्र बैंकले सुकिला नोटलाई पनि सटही सुविधा दिने गरेको छ। सुकिला नोट सटहीलाई साना र ठूला दरको सीमा तोकेर सटही सुविधा दिन सकिने राष्ट्र बैंकले जनाएको छ।