Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै सगरमाथा फाइनान्सको हकप्रद भर्न पाउने

२०७३ मंसिर १३ गते

sagarmathaमंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै सगरमाथा फाइनान्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । यसका लागि कम्पनीले मंसिर २४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द रहने जनाएको हो । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट पाइसकेको छ । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सगरमाथा फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजी बढाउनका लागि उक्त हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।

ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका विभिन्न स्थानमा रहेका १० वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।