Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१ लाख बढीले पाए सहुलियतपूर्ण कर्जा

२०८१ भाद्र ४ गते


बैंकिङ खबर/ गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख बढीले सहुलियतपूर्ण कर्जा लिएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तमा १ लाख २० हजार २७४ ऋणीले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका हुन् ।

नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको कर्जाको १ खर्ब २६ अर्ब ८२ करोड बक्यौता रहेको छ । समध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा बक्यौता रहेको छ ।

त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड कर्जा रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउछ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड कर्जा बक्यौता रहेको छ ।